पर्वत मोदी गाउँपालिकाको मतगणना रोकियो

जेष्ठ २, २०७४ मा प्रकाशित | 958 views

पर्वत ।

पर्वत पर्वतको मोदी गाउँपालिकामा मतगणना कार्य रोकिएको छ । मतगणना भएर परिणाम सार्वजनिक गर्ने क्रममा गलत विवरण सार्वजनिक भएपछि अहिले त्यहाँ विवाद भएको छ ।

मोदी गाउँपालिकाको २ नम्बर वडामा खुल्ला सदस्यका उम्मेदवारको ५९२ हुनुपर्नेमा मतपरिणाम सार्वजनिक गर्दा ५५२ भनेर सार्वजनिक भएपछि विवाद भएको छ ।

काँग्रेसका वडा सदस्यका उम्मेदवारको मतमा फरक परेको हो । निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले अहिले मतगणना रोकेर छलफल भैरहेको जानकारी दिनुभयो ।

काँग्रेसका समर्थक तथा प्रतिनिधीहरुले फेरि मतगणना गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web