रुकुममा कतै काँग्रेस, कतै माओवादी बिजयी, ताजा मतपरिणाम यस्तो छ

जेष्ठ १, २०७४ मा प्रकाशित | 3643 views

रुकुम ।

पहिलो चरणमा निर्बाचन भएका रुकुमका ६ स्थानीय तह मध्य ५ वटा स्थानीय तहमा मतगणना जारी छ । रुकुमको आठबिसकोट नगरपालिकामा स्यालाखदी क्षेत्रका मतपेटिका नआईसकेका कारण मतगणना भने हुन समेको छैन ।

तर रुकुमको मुसिकोट नगरपालिकामा हिजोरातीदेखि मतगणना जारी रहेको छ । अहिले सम्म १ वटाको मतगणना सकिएको छ  । मुसिकोट नगरपालिका २ मा नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार काशीराम खड्काले ४ सय २३ मत सहित पुरै प्यानल बिजयी भएको छ ।

वडा नम्बर १ मा पनि नेपाली काग्रेसको पुरै प्यानलको अग्रता छ । मुसिकोट नगरपालिमा मेयर उम्मेदवार तर्फ पनि नेपाली काग्रेसको नै अग्रता छ । दुई वडाको मतगणना अनुसार  नेपाली काग्रेसको ८११, माओबादी केन्द्र ४५४ र नेकपा एमालेको २२३ रहेको छ ।

त्यस्तै रुकुमको बाँफिकोट गाउँपालिकामा पनि मतगणना जारी रहेको छ । बिहानदेखि शुरु भएको मतगणना अनुसार वडा नम्बर १ मा माओबादी केन्द्र अध्यक्ष उम्मेदवार हर्कु मल्ल २१८ मतका साथ पुरै प्यानल बिजयी भएका छन ।

जहाँ नेकपा एमाले, नेपाली काग्रेस सहित अन्य दलहरुबाट सयुक्त तालमेल थियो । त्यस्तै उक्त गाउपालिका अध्यक्षमा भने नेपाली काग्रेसकै अग्रता छ । नेपाली काग्रेस मेयर उम्मेदवारले १३८ र माओबादी केन्द्रका उम्मेदवारले १२९ मत प्राप्त गरेका छन ।

त्यस्तै रुकुमको चौरजहारी नगरपालिकामा पनि बिहानदेखि मतगणना जारी रहेको छ । चौरजहारी मेयर पदमा माओबादी केन्द्रको अग्रता छ । माओबादी केन्द्र ३७७, नेपाली काग्रेस १७९ र नेकपा एमाले १२९ मत रहेको छ । जहा वडा नम्बर १४ बाट मतगणना जारी छ ।

रुकुमको सानीभेरी गाउँपालिकाको वडा नम्बर १ मा अध्यक्षका उम्मेदवार टेकबहादुर पुनको पुरै प्यानल बिजयी भएको छ । गाउँपालिका अध्यक्ष पदमा माओबादी केन्द्रको अग्रता छ । माओबादी केन्द्र ९४०, नेपाली काग्रेस २७९ र नेकपा एमालेको १७ मत छ । त्यस्तै रुकुमको त्रिबेणी गाउँपालिकामा पनि केहि समय अगाडि देखि मतगणना शुरु भएको छ ।

पहिलो मत सार्बजनिक अनुसार जहाँ काग्रेसको अग्रता छ । अध्यक्ष पदमा नेपाली काग्रेसको ३४, माओबादी केन्द्रको १६ र नेकपा एमालेको १५  मत रहेको छ । वडा अध्यक्षमा पनि नेपाली काग्रेसका उम्मेदवारको नै मत अग्रता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web