सल्यान ।

सल्यान जिल्लामा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जानकारी दिएको छ ।

जिल्लाका १० वटै स्थानीय तहमा ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा जानकारी दिनु भयो ।

स्थानीय चुनाबमा सल्यानमा ६२ हजार ४ सय ५ जना महिला र ६२ हजार ८ सय ९१ जना पुरुष रहेका छन ।

जिल्लामा १ सय ११ मतदान स्थल र १ सय ७५ मतदान केन्द्र रहेका छन् ।

24.52¡ÆC