प्रधानमन्त्रीले चितनवबाट भोट हाले, जिल्लाभर शान्तिपूर्ण मतदान

बैशाख ३१, २०७४ मा प्रकाशित | 3092 views

चितवन ।

झण्डै २ दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ ।

लामो समयदेखि स्थानिय तहको निर्वाचन नहुँदा व्यग्रप्रतिक्षामा   बनेका मतदाता आज निर्वाचनमा सहभागि हुन पाउँदा छुट्टै उत्साहित थिए । आज विहान ६ नबज्दै उत्साहका साथ भोट हाल्न मतदान केन्द्रमा आईपुगे मतदाता ।

विहान ४ बजेदेखि नै मतदाताहरु लाईनमा बसे । भरतपुरकी ५ की तोरीखेतकी खेमराज सुबेदी  राष्ट्रिय  माविको मतदान केन्द्रमा उतसाह बोकेर लाईनको अगाडी बस्नुभएको छ । ‘मेरो लागि यो पहिलो मतदान भएको हुनाले मलाई छुटै उत्साह भएको छु उहांँले भन्नुभयो अव चाडै नै हाम्रो नगरपालिकामा विकास हुन्छ होला ।

यो चुनाव महत्वपूर्ण अबसर भएकाले छुटाउन नहुने तर्क उहाँको छ । अर्का मतदाता बाबुराम श्रेष्ठ पनि विहान ४ बजेदेखि लाईन मै हुनुहुन्छ । ‘धेरै बर्षपछि आएको चुनाव भोट त हाल्नै पर्यो नी, श्रेष्ठले भन्नुभयो, म धेरै खुसी छु, अब विकास गर्ने नेता छानेर भोट हाल्छु ।’

उहाँहरुजस्तै यहाँ भोट हाल्ने सयौ मतदानाको लाईन लामो भैसकेको छ । यो ऐतिहासिक अबसर गुमाउन चाहँदैनन् भन्नेकुरा आज चितवनको भरतपुर स्थित नारायणी नमूना उच्च माविमाको मतदान केन्द्रमा भोटहाल्न सहभागि भएका मतदाताहरुबाट देखिन्थ्यो ।

विगतमा स्थानिय निकायको निर्वाचन हुँदा भर्खर जन्मिएकाहरु पहिलो मतदाता मात्रै भएका छैनन् पहिलो उम्मेदवार हुने मौका समेत पाएका छन् ।

२ दशकपछि भएको स्थानिय निकायको निर्वाचन आफैंमा महत्वपूर्ण उपलव्धी हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचना अनुसारको निर्वाचन इतिहास कै पहिलो हो ।

मुख्यगरी लामो समयदेखि स्थानिय निकाय जनप्रतिनिधिविहिन हुँदा विकासका कामले फड्को मार्न नसकेको अनुभव मतदाताहरुको छ ।

अहिलेको निर्वाचनले जनप्रतिनिधिहरु छानिने र उनीहरु मार्फत गाउँस्तर मै शुसासन कायम हुने र विकासले गतिलिने विश्वास रहेको एकजना मतदाता नवीन भट्टराई बताउनुहुन्छ ।

जिल्लाको अबस्था

चितवन जिल्लमा सात स्थानिय निकाय छन । एउटा भरतपुर महानगर ५ नगरपालिका  एउटा ईच्छाकामना गाउँपालिका छ ।

यस्तै रत्ननगर, खैरहनी, राप्ती, कालिका र माडी गरेर पाँच नगरपालिका छन् । जिल्लामा कुल ३ लाख १३ जहार २ मतदाता छन् । उनीहरु मध्य करिव आधा १ लाख ५० हजार २७४  मतदाता भरतपुर महानगरमा मात्रै छन् ।

चितवन जिल्लामा कुल ९८ वटा वडा रहेको जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बताउनुहुन्छ । त्यसमध्य कालिका नगरपालिकाको ११ नम्बर वडामा चट्याङका कारण उम्मेदवारको मृत्यु भएकाले मतदान दुईदिन ढिला सारिएपनि अन्य क्षेत्रमा आज मतदान भैरहेको छ । अहिले बिहान ११ः ३० बजेसम्ममा झण्डै ५० प्रतिशत मत खसिसकेको ढकालले जानकारी दिनुभयो ।

जिल्लामा कुल ५०४ जनप्रतिनिधिका लागि २ हजार २०३ जनाको उम्मेदवारी परेको ढकालले जानकारी दिनुभयो ।

निर्वाचनका लागि जिल्लामा ३ हजार ३५० जना कर्मचारी र स्वयंसेवक खटाईएको छ । पाँच हजार बढी सुरक्षाकर्मी परिचालन भएको जिल्लाका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले  बताउनुभयो ।

मतदान केन्द्रमा नेपाली सेना, ससस्त्र र जनपद प्रहरी गरी तीन घेरामा सुरक्षाकर्मी खटाईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web