एकमात्र बिमानस्थल सुरु भएपछि भोजपुरवासीलाई सहज

बैशाख २८, २०७४ मा प्रकाशित | 1304 views

भोजपुर ।

मंसिरबाट बन्द भएको भोजपुरको एक मात्र बिमानस्थलमा पुन हवाई उडान शुरु भए पछि बिरामीहरुलाई सहजता भएको छ ।

सदरमुकामबाट करिव एक घण्टाको दुरी टक्सारमा रहेको बिमानस्थल कालोपत्रेको काम सकिएर उडान शुरु भए पछि जिल्ला अस्पताल भोजपुरबाट थप उपचारका लागि अन्यत्र लैजान सिफारिस गरिएका बिरामीहरुलाई सहजता भएको नेपाल बायु सेवा निगम भोजपुरका प्रमुख नारायण पुरी बताउँछन । उनले भने अव उडान पुन शुरु भएको छ अव बिरामी, बृद्ध र असक्तरुका लागि सहज भएको छ ।

बन्द भएको ५ महिना पछि भोजपुर विमानस्थल सञ्चालनमा आएको हो  । शनिबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले टक्सारस्थित विमानस्थलमा परीक्षण उडान गरेसँगै उडान पुन नियमित भएको पुरीको भनाई रहेको छ । विमानस्थल सञ्चालनमा आएपछि भोजपुरबासी हर्षित भएका छन् ।

नेपाल बायु सेवा निगम भोजपुरका अनुसार हप्तामा अहिले भोजपुरबाट काठमाण्डौका लागि ५ र बिराटनगरका लागि २ उडान हुने भएको छ । धवानमार्ग ५ सय ४५ मिटर लम्बाई र २० मिटर चौडाईको स्तरोन्ती गर्न ५ करोड ५० लाखको लागतमा कालिका प्यासेफिक जेभी कन्ट्रक्सनले लिएको थियो ।

२०३२ सालमा निर्माण सुरु भई २०३५ सालबाट भोजपुरमा हवाई उडान सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web