राष्ट्रपतिद्धारा प्रधानमन्त्री सहित शिर्ष नेतासँग निर्वाचन र भ्रमण बारे छलफल

बैशाख २८, २०७४ मा प्रकाशित | 679 views

काठमाडौं ।

राष्ट्रपति विद्यादेवि भण्डारीले आसन्न स्थानिय निर्वाचन र आफ्नो श्रीलंका र थाइल्याण्ड भ्रमणका सन्दर्भमा प्रमुख दलका नेताहरुबीच छलफल गरेकी छिन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित प्रमुख दलका नेताहरुले भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै राय, सुझाव दिएका थिए ।

बैठकमा प्रधानमन्त्री, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, एमाले उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव, राजपा नेपालका नेता महन्थ ठाकुर सहभागी थिए ।

यसैगरि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानिय निकाय निर्वाचनको सम्पूर्ण तयारी सकिएको भन्दै पहिलो चरणको निर्वाचन सकिएपछि दोस्रो चरणको निर्वाचन मिति तोकिने बताएका थिए ।

यसको लागि दलहरुसँग छलफल भइरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web