मतदाता परिचयपत्र बैशाख २८ देखि बाँडिने

बैशाख २६, २०७४ मा प्रकाशित | 675 views

काठमाडौं ।

निर्वाचन आयोगले बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि सबै मतदाताहरूलाई बैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाटै मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

त्यसैगरी मतदाता परिचयपत्र वितरण गर्ने तीन दिन मतदान केन्द्रबाटै मतदाता शिक्षाको कार्यक्रम सञ्चालन गर्न पनि आयोगले मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकलाई निर्देशन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

पहिलो चरणको निर्वाचन हुने छ हजार छ सय ४२ मतदान केन्द्रबाट मतदाता परिचयपत्र र मतदाता शिक्षा कार्यक्रम एकसाथ सञ्चालन हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web