काठमाडौं ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी सरकारमा सहभागी भएको छ ।

फोरम लोकतान्त्रिकवाट उपप्रधानमन्त्रीसहित तीन जना मन्त्री नियुक्त भएका छन् ।

विजयकुमार गच्छदारले उपप्रधान तथा संघीय मामिला र स्थानिय विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जितेन्द्रनारायण देव संस्कृति पर्यटन तथा नागरिक उड्यन र गोपाल दहित भुमिसुधार तथा व्यवस्था मन्त्री भएका छन् ।

नवनियुक्त उपप्रधानमन्त्रीसहित तीन मन्त्रीहरुलाई राष्ट्रपति विधादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

20.12¡ÆC