महाअभियोगमा साथ दिएकी सभामुख भन्छिन् -‘समाधानको लागि संसद गम्भीर’

बैशाख २४, २०७४ मा प्रकाशित | 765 views

काठमाडौं ।

सर्वोच्च अदालतका प्रधानन्यायाधिश सुशीला कार्कीमाथि महाअभियोग लगाउने काँग्रेस माओवादी केन्द्रको प्रस्तावलाई रोक्नु वा यसमा सोच्न अनुरोध समेत नगरी हतारमा प्रस्ताव दर्ता गराइदिएर साथ दिएकी सभामुख ओनसरी घर्तीले कार्की काममा फर्कीएपछि समस्या समाधानको लागि संसद गम्भीर रहेको बताएकी छिन् ।

माओवादी केन्द्रको तर्फबाट सभामुख बनेकी घर्तीले राज्यका प्रमुख अंगहरुबीच देखिएको तनावको अवस्था आपसी छलफल र संवादको माध्यमबाट समाधान गर्न संसद गम्भीर रहेको बताएकी हुन् ।

आज संसद भवनमा पत्रकार सम्मेलन गरी सभामुख घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसपछि सर्वोच्चले गरेको अन्तरिम आदेशले उत्पन्न गरेको अवस्थाको शान्तिपूर्ण अवतरणका लागि संसदका तर्फबाट पहल गरिएको बताइन् ।

सत्तापक्ष र प्रतिपक्षबीच असमझदारीका कारण संसद बैठक  अघि बढ्न नसकिरहेको अवस्थामा सभामुखले सहमतिका लागि केही दिन संसद बैठक स्थगित गर्न लागिएको बताइन् ।

सभामुख घर्तीले संसदमा प्रवेश गरिसकेको विषयलाई कसरी अगाडि बढाउने भन्ने विषय संसदको विशेषाधिकार भएको जिकिर समेत गरीन् ।

सभामुखले पत्रकार सम्मेलन गरेको केही समयपछि नै संसद सचिबालयले सूचना टांस गरी आगामी जेष्ठ ४ गतेसम्मका लागी संसद बैठक स्थगीत गरिएको जानकारी गराइएको थियो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ जना सांसदले बैशाख १७ गते प्रधानन्यायाधीश कार्की विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web