मनकामना नजिक माईक्रोको ठक्करबाट मोटरसाईकलमा रहेका श्रीमान्को निधन श्रीमती गम्भिर

बैशाख २४, २०७४ मा प्रकाशित | 941 views

चितवन ।

चितवनको कुरिनटारमा माईक्रोबसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाईते भएका छन् ।

आज विहान करिव ८ः४५ बजेको समयमा ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित कुरिनटारको मनकामना प्रवदेद्धारा नजिकै सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिनबाट काठमाडौतर्फ जाँदै गरेको ना १ ज ६४८८ नम्बरको माइक्रोबसले विपरित दिशाबाट आउँदै गरेको बा ८३ प ६४८६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक लमजुङका २८ बर्षिय विनोदकुमार गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका उनको उपचारका लागि कलेज अफ मेडिकल साईन्सेजमा ल्याउने वित्तीकै करिव ११ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती मनिशा गुरुङ घाइते भएको र उनको अहिले कलेज अफ मेडिकल साईन्सेज भरतपुरमा उपचार भैरहेको छ । माईक्रोचालक भने नियन्त्रणमा रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web