काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

विहीवार शिंहदरवारमा भएको भेटमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन, महाभियोग प्रस्ताव, बजेट लगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीले अध्यक्ष ओलीलाई संविधान संशोधन प्रस्तावलाई समर्थन गरी दोस्रो चरणको निर्वाचन सहज बनाउन आग्रह गर्नु भयो । प्रधानमन्त्रीले संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने प्रावधान रहेकाले यसमा आवश्यक समझदारी बनाएर अघि बढ्न आग्रह गर्नु भयो । संसदमा दर्ता भएको प्रधानन्यायधिश विरुद्धको महाभियोग प्रस्ताववारे पनि प्रमुख दलबीच समझदारी बनाएर अघि बढ्नुपर्ने प्रधानमन्त्रीको आग्रह थियो ।

दोस्रो चरणको निर्वाचन र बजेटका सन्दर्भमा निर्वाचन आयोग, प्रमुख राजनीतिक दलसहित मधेसी मोर्चा लगायतका दलहरुसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्ने समझदारी भएको छ ।

भेटवार्तामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्थ्यो ।

20.12¡ÆC