काठमाडौं ।

“संवेदनशील समयका लागि संवेदनशील विचार शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका” भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा नेपाल पत्रकार महासंघले बिहान काठमाडौमा प्रभात फेरिको आयोजना ग¥यो । नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

¥याली पश्चात आयोजित अन्तक्रिर्यामा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले पत्रकारमाथि हुने सबै प्रकारका जोखिम न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले सञ्चारजगतले स्थानीय निर्वाचनमा निष्पक्ष र स्वतन्त्र ढंगबाट सूचना सम्प्रेशण गरी प्रेस स्वतन्त्रताको भरपुर उपभोग गर्नुपर्र्ने बताउनु भयो ।

17.16¡ÆC