सल्यान ।

सल्यानमा स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयन सकिएको छ । जिल्लामा प्रमुख राजनीतिक दल सहितका दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका ३ नगरपालिका सहित ७ गाउपालिकामा निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मदेवारी दर्ता गराएका हुन् ।

यस्तो रह्रयो उम्मेदवारी

नेपाली काग्रेस

जिल्लाको सदरमुकाम खलंगासहित रहेको शारदा नगरपालिकामा मेयरको उम्मेदवारमा पुर्व जिल्ला विकास समिति सल्यानका कार्यक्रम अधिकृत सुरेश अधिकारीले नेपाली काग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएको छ भने उप मेयरमा सावित्रा वस्नेतले उम्मदवारी दर्ता गराउनु भएको छ । यस्तै वागचौर नगरपालिकाबाट गोरख केसी मेयरमा र उप मेयरमा मेनका चन्द ले उम्मदवारी दिनुभएको छ । कुपिण्डेवनगाड नगरपालिकाबाट उपमेयरमा दिपेन्द्र विष्ट ले उम्मेदवारी दिनुभएको छ ।

यस्तै ढोरचौर गाउपालकिा अध्यक्षमा नरविर चलाउने र उपाध्यक्षमा विमला रेउले, कुमाख मालिका गाउपालिकाबाट प्रमुखमा विवेकसिंह राठौर र उप प्रमुखमा उर्मिला राणाले उम्मदेवारी दिनुभएको छ । यसैगरी दार्मागाउपालिकाबाट रामचन्द्र केसी र कालीमाटी गाउ पालिकाबाट प्रमुखमा भरत पुन र उप प्रमुखमा कमला अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै छत्रेश्वरी गाउपालिकाबाट प्रमुखमा सन्तोष केसी र उप प्रमुखमा सिता केसीले उम्मेदवारी दिनुभएको छ । कपुरकोट अध्यक्षमा दुर्गा गिरी र ओकी वोहरा उपाध्यक्षमाले उम्मेदवारी दिनुभएको छ यस्तै त्रिवेणी गाउपालिकाबाट अध्यक्षमा मान वहादुर डाँगी उपाध्यक्षमा करुणा खड्काले उम्मेदवारी दिनुभएको छ ।

नेकपा एमाले

यसै गरी नेकपा एमालेबाट शारदा नगरपालिबाट मेयरमा राम कुमार खड्की र उप मेयरमा सरिता हमालले उम्मेदवारी दिनुभएको छ । यस्तै वागचौर नगरपालिकाबाट मेयरमा लोक वहादुर डाँगी र उप मेयरमा ओका देवी केसीले उम्मदेवारी दर्ता गराउनु भएको छ । कुपिण्डे वनगाड नगरपालिकाबाट मेयरमा गोविन्द पुन र उप मेयरमा नेपाली काग्रेसका दिपेन्द्र विष्ट उम्मेदवारी दर्ता गराउनु भएको छ । कुपिण्डे वनगाड नगरपालिकामा एमाले र काग्रेस वीच तालमेल भएको छ ।

यसै गरी कपुरकोट गाउपालिका प्रमुखमा भिम वहादुर सेन र उपाध्यक्षमा तिलावुढाले उम्मेदवारी दिनुभएको छ । त्रिवेणी गाउपालिकाबाट लोकेन्द्र सिंह खडका पवित्रा केसी उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै छत्रेश्वरी नगरपालिकाबाट अध्यक्षमा ओज वहादुर वुढाथोकी र उपाध्यक्षमा वुद्धा केसी, ढोरचौर गाउपालिकाबाट चित्र वहादुर चलाउने र र उपाध्यक्षमा पुष्पा वोहराले उम्मेदवारी दिनुभएको छ । यसैगरी कालीमाटी गाउपालिकाबाट अध्यक्षमा दान वहादुर केसी र उपाध्यक्षमा सहनशिलता ओली, कुमाख गाउपालिकाबाट अध्यक्षमा भैरव वहादुर शाह र उपाध्यक्षमा शान्ति चन्दले उम्मेदवारी दिनुभएको छ । यस्तै दार्मा गाउपालिकाबाट उपाध्यक्षमा दल वहादुर केसीले उम्मेदवारी दिनुभएको छ । दार्मा गाउपालिका काग्रेसलाई अध्यक्ष र उपाध्यक्षमा एमाललेलाई सहमती भएको छ ।

नेकपा माओवादी केन्द्र

यस्तै माओवादी केन्द्रबाट शारदा नगरपालिकाको मेयरमा प्रमोद श्रेष्ठ र उप मेयरमा झरणा वुढाथोकी, वागचौर नगरपालिकाको मेयरमा लोकमान वुढाथोकी र उप मेयरमा कल्पना पुनले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी वनगाड कुपिण्डे नगरपालिकाबाट मेयरमा कर्ण वहादुर वुढाथोकी र उप मेयरमा मञ्जु यरीले उम्मेदवारी दिनुभएको छ । यस्तै गरी दार्मागाउपालिकाबाट अध्यक्षमा निम वहादुर केसी, उप मेयरमा टिका वली, छत्रेश्वरी गाउपालिकाबाट चित्र वहादुर केसी अध्यक्ष र उपाध्यक्षमा राधा शर्माले उम्मेदवारी दिनुभएको छ । यसैगरी त्रिवेणी गाउपालिकाबाट अध्यक्षमा अजय रोका, उपाध्यक्षमा लिलावती वुढा, कपुरकोट गाउपालिकाबाट प्रकाश भण्डारी र उपाध्यक्षमा एलिना रानाले उम्मेदवारी दिनुभएको छ । ढोरचौर गाउपालिकाबाट अध्यक्षमा नरविर चलाउने र उपाध्यक्षमा भुमि वुढाथोकी, कालीमाटी गाउपालिकाबाट अध्यक्षमा पुरुषोत्तम भटराई र उपाध्यक्षमा प्रिति डिसी र कुमाख गाउपालिकाबाट अध्यक्षमा दिलमाया वि.एम. र उपाध्यक्षमा डिल्लीराज जैशीले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

यस्तै राष्टिय प्रजातन्त्र पार्टीबाट शारदा नगरपालिकामा मेयरमा मनोज प्रधानले उम्मेदवारी दिनुभएको छ । यस्तै वागचौर नगरपालिकाको मेयरमा टोप वहादुर केसी ले उम्मेदवारी दिनुभएको छ ।

नयाँ शक्ति

नयाँ शक्तिले शारदा नगरपालिकामा उप मेयरमा सुमन कुमार विश्वकर्माले विश्वकर्माले उम्मेदवारी दिनु भएको छ ।

माले

मालेले शारदा नगरपालिकामा टेक बहादुर केसी र उपमेयरमा यमुना चनाराले उम्मेदवारी दिनु भएको छ ।

मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक

मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट बागचौर नगरपालिकाको मेयरमा शशे सुनार उम्मेदवारी दिनु भएको छ ।

स्वतन्त्र

स्वतन्त्रबाट शारदा नगरपालिकामा जगत न्यौपानेले उम्मेदवारी दिनु भएको छ भने उप मेयरमा सुशिला गिरीले उम्मेदवारी दिनु भएको छ । दुवै एमालेबाट रुष्ट भएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । यस्तै वागचौ नगरपालिकामा मेयरमा स्वतन्त्रबाट चित्र बहादुर डाँगीले उम्मेदवारी दिनु भएको छ ।

१० स्थानीय तहमा एउटा महिला प्रमुख

जिल्लाका १० स्थानीय तहमा एउटा पदमा मात्र महिला उम्मेदवारी परेको छ । कुमाख मालिका गाउपालिकाबाट माओवादी केन्द्रबाट दिलमाया वि.एमले उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दिने समय मंगलवार वेलुका ५ वजे सम्मको समय सम्म भएपनि दर्ता परिसर भित्र प्रवेश गरेका उम्मदवारहरुको दर्ता गर्ने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । स्थानीय निर्वाचनका लागि सल्यानमा १५ वटा राजनितिक दलहरु जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका थिए ।

21.12¡ÆC