रुकुम ।

रुकुमका ३ नगरपालिका र ३ गाउपाँलिकामा मनोनयन दर्ता भएको छ ।

६ नम्बर प्रदेशमा पर्ने रुकुमको मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिबेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा मनोनयन दर्ताको काम भएको मुख्य निर्बाचन अधिकृत डण्डपानी शर्माले जानकारी दिनुभयो ।

रुकुमको मुसिकोट नगरपालिकामा नेपाली कांगेसको तर्फबाट मेयरमा महेन्द्र केसी र उपमेयरमा बालकुमारी गिरी, नेकपा एमालेको तर्फबाट मेयरमा बिमल पुन र उपमेयरमा केशरी गौतम र नेकपा माओबादी केन्दको तर्फबाट मेयरमा देबिलाल गौतम र उपमेयरमा प्रेम कुमारी सुनार केसीले मनोनयन दर्ता गर्नुभएको छ ।

त्यस्तैगरी रुकुमको चौरजहारी नगरपालिकामा नेपाली काग्रेसको तर्फबाट मेयरमा बलबिर गोसाई र उपमेयरमा मनिषा भण्डारी, नेकपा एमालेको तर्फबाट मेयरमा शेरबहादुर केसी र उपमेयरमा कल्यानी खड्का र नेकपा माओबादी केन्द्रको तर्फबाट बिशाल शर्मा र राधा रोकाले मनोनयन दर्ता गर्नु भएको छ ।

रुकुमको आठविसकोट नगरपालिकामा नेपाली काग्रेसको तर्फबाट मेयरमा धिरेन्द्र कुमार बटाला र उपमेयरमा अनिता बुढा, नेकपा एमालेको तर्फबाट मेयरमा हरिप्रसाद शर्मा र उपमेयरमा भगवती शाहि र नेकपा माओबादी केन्द्रको तर्फबाट मेयरमा गोरख बहादुर केसी र उपमेयरमा गिता बिकको मनोनयन दर्ता भएको छ ।

23.12¡ÆC