काठमाडौं ।

प्रतिशोधकै कारण सरकारले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता गरेपछि काठमाडौं सहित देशका विभिन्न स्थानमा नागरिकहरुले स्वस्फुर्त बिरोध प्रदर्शन गरेका छन् ।

नागरिक समुहले आव्हान गरेको प्रतिशोधपूर्ण महाअभियोग बिरुद्ध नागरिक भेलाको काठमाडौं माइतिघर मण्डलामा सयौं युवा युवाहरुको सहभागीता रहेको थियो ।

स्वस्फूर्त रुपमा उपस्थित नागरिक भेलामा साझा पार्टी, विवेकशील नेपाली, सुशासनका लागि नागरिक अभियान, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाललगायतले समेत संस्थागत रुपमा सहभागीता जनाएर महाअभियोगको बिरोध जनाएका थिए ।

माईतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नागरिक सभामा वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसी, साझा पार्टीका संयोजक रबिन्द्र मिश्र लगायत विभिन् व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सभामा बोल्दै चिकित्सक तथा नागरिक अगुवा केसीले अख्तियार प्रमुख लोकमानसिं कार्कीविरुद्ध महाअभियोग लगाउन जनताले माग गर्दा मौन बसेका सांसदले प्रधानन्यायाधिशमाथि केही घण्टामै हस्ताक्षर गर्नु देश हाँक्ने दलाल मानसिकता भएको भन्दै उनिहरुलाई चुनावबाट हराउनुपर्ने बताए ।

कोणसभामा बोल्दै साझा पार्टीमा नेता एवं अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश सुशिला कार्कीले लोकमानको निरंकुशतन्त्र विरुद्ध लिएको अडान स्मरण गर्नुभएको थियो ।

अभिवक्ता अर्यालले महाअभियोगको पक्षमा उभिएकाहरुलाई दलको नाममा लोकतन्त्रको खोल ओढेर लोकतन्त्रको आधारशिला भत्काउने देशद्रोहीको संज्ञा दिनुभयो ।

साझा पार्टीका काठमाडौं महानगरपालिका तथा ललितपुरका मेयर तथा उपमेयर उमेद्वार समेत सहभागी बिरोध प्रदर्शनमा साझा पार्टीले दृढ बन सुशीला हामी तिम्रो साथमा छौं, नेताहरु होसमा आउ, लोक लाज बचाउ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा स्वतन्त्र रुपमा सहभागी भएका नागरिकहरुले महाअभियोगको योजनाकार ठानिएका काँग्रेस साभपती शेरबहादुर देउवाको बिरोध जनाउँदै स्याल बहादुर लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीहरुले सरकारको राजिनामा, महाअभियोग तत्काल फिर्ता तथा प्रधानन्यायाधिश कार्कीलाई तत्काल काम गर्न दिनुपर्ने भन्दै आम नागरिक सुशीला कार्कीको पक्षमा रहेको बताए ।

यसैबिच साझा पार्टी आवद्ध युवा समुहले चितवनमा समेत प्रदर्शन गर्दै महान्यायाधिश कार्की बिरुद्ध लगाइएको महाअभियोगको बिरोध जनाएका छन् ।

प्रतिशोधपुर्ण ढंगले ल्याइएको महाअभियोग न्यायालयमाथिको हस्तक्षेप भएको भन्दै उनिहरुले न्यायालयलाई जिवित र स्वतन्त्र राख्न बिरोधमा उत्रनुपरेको बताएका छन् ।

20.12¡ÆC