काठमाडौं ।

वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ दिई बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन् ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामालाई पक्राउ गरेको हो । यसअघि नै सोही गिरोहका विष्णु लामा पक्राउ परेका थिए ।

व्युरोकी एसपी मीरा चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुले नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुर्याएर हवाईमार्ग हुँदै युवती ओमन पठाउने गरेको बताएका छन् ।

‘यसबापत उनीहरुलाई ओमनको दलालले प्रतिमहिला एक लाख ३० हजार रुपैयाँ दिने गरेको खुलेको छ,’ चौधरीले भनिन् ।

नागरिक दैनिकका अनुसार, पक्राउ परेकाहरु नेपालमा बसेर वैदेशिक रोजगारीमा जाने प्रयासमा रहेका महिला खोज्ने, उनीहरुलाई राम्रो कामको प्रलोभनमा पारेर ओमन जान राजी गराउने र राहदानी बनाएर भारतको दिल्लीसम्म पठाउन सक्रिय थिए ।

22.7¡ÆC