प्रधानमन्त्रीले दुई तिहाइ पुर्‍याउने हिसाब देखाएपछि मोर्चा लचिलो, यस्तो छ जोडघटाउ

बैशाख १५, २०७४ मा प्रकाशित | 764 views

काठमाडौं,बैशाख १५ । सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्‍याउन कसरत थालेको छ। यसका लागि संसदमा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए। ‘सबै पक्षसँग छलफल भइरहेको छ, सकारात्मक वातावरण निर्माण हुँदै गइरहेको छ,’ मन्त्री नायकले भने, ‘सरकारलाई विश्वास छ, संविधान संशोधन दुईतिहाइ बढी मतले नै पारित हुन्छ।’ संसदमा अहिले कुल ५ सय ९३ सांसद छन्। संविधान संशोधन विधेयक पारित हुन सरकारलाई ३ सय ९६ मत आवश्यक पर्छ।

तर, सत्तारुढ गठबन्धनले आवश्यकभन्दा दुई मत बढी भएको दाबी गर्दै संविधान संशोधन हुनेमा ढुक्क हुन मधेसी मोर्चालाई अनुरोध गरेको छ। प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासहित संघीय गठबन्धनका नेताहरूलाई प्रतिपक्षी एमालेसहितको सहमतिका आधारमा स्थानीय तहको संख्या थप हुने विश्वास दिलाएका छन्। प्रधानमन्त्रीले बिहीबार बालुवाटार बोलाएर संख्या पुनरावलोकनको विषय फिर्ता नलिएको प्रस्ट्याएपछि मोर्चाका नेताहरू विश्वस्त बनेका छन्। ‘उहाँहरूलाई सरकारले स्थानीय तहको संख्या पुनरावलोकन गर्ने विषय नै फिर्ता लिएको हो कि भन्ने आशंका रहेछ,’ बालुवाटार बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले भने, ‘प्रधानमन्त्रीले एमालेसहितको सहमतिमा मापदण्ड बनाएर निर्णयमा पुगिने बताएपछि उहाँहरू विश्वस्त हुनुभयो।’

स्थानीय तहको संख्या थप गर्न स्थानीय विकास मन्त्रालयले तराईका ११ जिल्लामा पठाएको परिपत्र फिर्ता लिने सरकारको निर्णयपछि भड्किएका मोर्चाका नेताहरू प्रधानमन्त्रीले भेटेपछि मत्थर भएका हुन्। एमालेले गरेको संसद्को अवरोध हटाउने क्रममा सरकारले २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा गरेको परिपत्र फिर्ता लिने सहमति गरेपछि मोर्चाका नेताहरू बिच्किएका थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यस्तो छ सरकारको हिसाब :

संसदमा कायम संख्या : ५९३

संशोधनका लागि आवश्यक दुईतिहाइ : ३९६

पक्षमा काँग्रेस : २०७

माओवादी केन्द्र : ८१

राप्रपा : ३७

राजपा नेपाल : २५

लोकतान्त्रिक फोरम : १६

संघीय समाजवादी : १५

नेकपा संयुक्त : ३

अन्य दलबाट : १४ जम्मा : ३९८

विपक्षमा एमाले : १८१ माले : ५

नेमकिपा : ४

राष्ट्रिय जनमोर्चा : ३

बहुजन पार्टी : १

नेपा पार्टी : १ जम्मा १९५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web