एमाले अध्यक्ष ओली र स्थानीय विकासमन्त्री थापाबीच भेटवार्ता

बैशाख १४, २०७४ मा प्रकाशित | 646 views

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री कमल थापाबीच आज स्थानीय तह निर्वाचन, मधेसी मोर्चाका असन्तुष्टि र स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल  भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका रुपमा अगाडि आएको मधेसी मोर्चालाई कसरी समेटेर जाने र सीमांकनसम्बन्धी विवादको निदान कसरी खोज्ने भन्ने बारेमा कुरा भएको उपप्रधानमन्त्री थापाले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्ष एमाले मुलुकका सबै समस्याको समाधान खोज्न सकारात्मक रहेको आफूले पाएको थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web