साँझ परेपछि भारतीय दूतावास किन छिरे राजपाका नेताहरु ?

बैशाख १३, २०७४ मा प्रकाशित | 841 views

काठमाडौं,बैशाख १३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेताहरु भारतीय दूतावास पुगेका छन्। स्रोतका अनुसार नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव, अनिलकुमार झा, शरतसिंह भण्डारी र राजकिशोर यादव साँझ ६ बजे लैनचौर पुगेका हुन्। त्यहाँ उनीहरु र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच करिब दुई घण्टा छलफल भयो।

सहभागी एक नेताका अनुसार छलफल चुनावकेन्द्रित थियो। छलफलकै क्रममा भारतीय राजदूत पुरीले सहमतिअनुसार सरकार अघि बढेकाले चुनावमा सहभागी भइदिन नेताहरुलाई आग्रह गरेको स्रोतको दाबी छ। त्यतिमात्र नभई राजपा नेताहरुले दूतावास भित्रैबाट नयाँ दिल्लीमा 'कन्फरेन्स कल' मार्फत संवाद गरेको समेत स्रोतको दाबी छ।

राजदूतावासभित्र भएको छलफलको विषयमा जिज्ञासा राख्दा राजपाका नेता राजकिशोर यादवले भने, 'पार्टी एकीकरण भएकोमा देशी, विदेशी सबैको सुभेच्छा छ, भारतको मात्र होइन।' मधेसीलाई भारतसँग जोडेर टिप्पणी गर्ने प्रवृत्ति अनुचित भएको बताउँदै यादवले घुमाउरो शैलीमा भने, 'हामीसँग भएको भद्र सहमति सम्बोधन भएको अवस्थामा त्यसैअनुसार हामी पनि अगाडि बढ्छौँ।' राजपा नेता यादवले निर्वाचनप्रति छिमेकी मुलुकको चासो र सद्भावलाई घुमाउरो शैलीमा स्वीकार गरे, तर लैनचौर छलफलबारे विस्तृत खुलाउन चाहेनन्। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web