सरकारद्धारा संसदमा फेरी अर्को संविधान संशोधन पेश

बैशाख ११, २०७४ मा प्रकाशित | 841 views

काठमाडौं ।

दुई पटक संविधान संशोधनमा असफल भएको सरकारले तेस्रो पटक संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको छ ।

सरकारको तर्फबाट कानुनमन्त्री अजय शंकर नायकले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

प्रमुख प्रतिपक्षिदल नेकपा एमालेले सरकारले पेश गर्ने प्रस्ताव अनुसार संशोधनमा सहयोग गर्न सक्ने भन्दै पुरानै विषय समावेश भए संविधान संशोधन नहुने बताएको छ ।

प्रमुख प्रतिपक्षि दलको असहमतीका विच सरकारले संसदमा पेश गरेको संविधान संशोधनको खाका बाहिर आइसकेको छैन ।

संविधान संशोधनका नाममा भाषाका बिषयमा हिन्दी भाषालाई सरकारी कामकाजी भाषामा सिफारिस गर्नुपर्ने, प्रदेशलाई अधिकारका नाममा आत्मनिर्णयको अधिकार दिएर राज्यबाट छुट्टीन सक्ने देशद्रोही माग र जनसंख्याकै आधारमा मात्रै निर्वाचन क्षेत्र र प्रतिनिधित्व माग्दै पहाडी भूभागको प्रतिनिधित्व संसदमा कम कराउने माग गर्दै आएको तराई केन्द्रित मधेशी मोर्चाका मागका कारण विवादमा परिरहेको संविधान संशोधनको प्रस्तावमा यि विषय समेटिएमा यसको बिरोध हुने र फेरी पनि असफल हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web