काठमाडौं ।

नेकपा एमालेले संविधान संशोधनका विषयमा सरकार र मधेसी मोर्चाबीचको पछिल्लो समझदारी बमोजिम ल्याउन खोजिएको प्रस्तावमा पुरानै विषय समावेश भएमा आफूलाई मान्य नहुने निर्णय गरेको छ ।

अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकले त्यसबारे सरकारको आधिकारिक निर्णय पछिमात्र पार्टीको धारणा तय गरिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो ।

सरकार र मोर्चाबीच नागरिकता, भाषा, स्थानीय निकायको संख्या थपजस्ता विषयमा सहमति गरी दुई चरणमा स्थानीय निर्वाचन गर्ने समझदारी भएको भन्ने विषयमा आफूहरुलाई कुनै जानकारी नभएको एमालेले स्पष्ट गरेको छ ।

21.12¡ÆC