निरुपमा यादव साझा पार्टीबाट काठमाडौंको उपमेयर उमेद्वार

बैशाख १०, २०७४ मा प्रकाशित | 2254 views

काठमाडौं ।

साझा पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरमा निरुपमा यादवलाई उठाउने निर्णय गरेको छ ।

साझा पार्टीको केन्द्रिय समन्वयन समितिकी सदस्य समेत रहनुभएकी यादव अधिवक्ताको रुपमा कार्यरत हुनुहुन्छ ।

साझा पार्टीले यसअघिनै शहरी विकासका जानकार बागमति सरसफाईका अभियन्ता किशोर थापालाई काठमाडौंको मेयरमा उठाउने निर्णय गरिसकेको छ ।

३९ वर्षीया यादव विगत १५ वर्षदेखि अधिवक्ताको रूपमा कार्यरत हुनुहुन्छ । उपमेयर उमेद्वार यादवले शान्ति सम्झौता उच्चस्तरिय अनुगमन समितिको सदस्यको रुपमा समेत काम गर्नुभएको थियो ।

यस्तै मेलमिलाप परिषदकी सदस्य तथा सामाजिक समावेशीता विज्ञ रहनुभएकी यादव मानव अधिकारकर्मीको रुपमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै विभिन्न संघसंस्थामा कानुनी मरामर्शदाताको रुपमा काम गर्नुभएको छ ।

सप्तरीमा जन्मिएर बाँकेमा हुर्किनुभएकी यादवले मोरङ जिल्लासँग वैवाहिक सम्बन्धमा जोडिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आउनुभएको छ ।

हाल कामनपा वडा नम्बर १४ निवासी नेतृ यादवले राजधानीको उपमेयरका लागि साझा पार्टीको समर्थनमा उमेदवारी दिनुलाई साझा पार्टीले तराई र काठमाडौँलाई भावनात्मकरूपमा बलियोसँग बाँध्ने एउटा नयाँ आयामको रूपमा हेरिएको छ ।

स्थानीय तहको निर्वाचनको लागि देशभर स्वतन्त्र सक्षम उमेद्वारलाई समर्थन गर्ने बताएको साझा पार्टी निर्वाचन अयोगमा दल दर्ता नभएका कारण दलिय आधारमा भने सहभागी हुनेछैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web