काठमाडौं ।

नेपाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले चैते धानबालीमा अनुदान दिन थालेको छ ।

धान उत्पादन वृद्धि गर्न सरकारले बारा जिल्लामा तीन सय हेक्टर क्षेत्रफलमा बृहत् धान उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ ।

धान खेतीको बीमा गरिएको छ भने किसानलाई प्रोत्साहनस्वरुप प्रतिहेक्टर पाँच हजारका दरले अनुदानसमेत दिइने नीति सरकारले लिएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो ।

यो वर्षमा बाराका विभन्न गाँउपालिकाहरुमा हर्दिनाथ १, चैत २, चैत ४ र स्थानीय कुरिया वगही जातको चैत धान सात हजार ६ सय ७१ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।

19.29¡ÆC