एजेन्सी ।

अफगानिस्तानमा तालिवानी लडाकु समुहको आक्रमणमा परि कम्तिमा ७० सरकारी सेना मारिएका छन् ।

अफगानि अधिकारीहरुका अनुसार आक्रमणमा परि दर्जनौं घाइते भएका छन् । तालिवान लडाकुले अफगानिस्तानको उत्तरी इलाकामा पर्ने मजार इ सरिफ शहरको बाहिरी इलाकामा रहेको सैनिक शिविरमा आक्रमण गरे यतिधेरै सैनिको हत्या गरेका हुन् ।

आक्रमणकारी तालिवान लडाकु सेनाको भेषमा आउँदा झुक्किएको सेनाले यति ठूलो क्षति व्यहोर्नु परेको जनाएको छ ।

सैनिकहरु शुक्रबारको नवाज पढेर मस्जिदबाट बाहिर निक्लिरहेका बेला तालिवानी लडाकुले सैनिकलाइ निसाना बनाएर अन्धाधुन्ध आक्रमण गरेका थिए ।

तालिवानले घटनाको जिम्मेवारी लिएको छ । घटनामा परी ८ बढी आक्रमणकारी मारिएको सैनिक अधिकारीहरुले बताएका छन् ।

20.12¡ÆC