पर्यटकलाई बाघले लोभ्यायो

बैशाख ४, २०७४ मा प्रकाशित | 1019 views

बर्दिया ।
बर्दिया निकुञ्जमा हिजोआज दिनैपिच्छे बाघ देख्न पाइने ‘नेचर गाइड’ बताउँछन् । निकुञ्जमा देखिने बाघले पर्यटकलाई आकर्षित गरेको छ । सजिलै बाघ र गैंडा हेर्न पाइने भएपछि पर्यटकले आफ्नो बसाइ पनि लम्ब्याउने गरेका छन् । बाघ हेर्न लालायित भएर ‘जंगल वाक’ मा जाने पर्यटकले बाघ देख्न नपाएको दिनै हुँदैन । बाघ हेर्नयो समय अत्यन्तै उपयुक्त मानिन्छ । ‘यो बाघ गैंडाजस्ता वन्यजन्तु अवलोकनका लागि पिक आवर हो । त्यसैले, हिजोआज बाघ, गैंडा नदेखेको दिनै छैन,’ सिनियर नेचर गाइड रामबहादुर शाहीले सुनाए । बाघ, गैंडा देखेपछि फुरुंग हुने पर्यटकहरू धित नमरेपछि दोहो¥याइ तेहे¥याइ निकुञ्ज घुम्ने गरेका छन् ।
ह्यारीले बर्दिया निकुञ्ज भ्रमण गरेका थिए । यसले गर्दा पनि विदेशमा बर्दिया निकुञ्जको चर्चा बढेको निकुञ्जको भनाइ छ । यसका साथै पर्यटन व्यवसायीले पनि पर्यटकका लागि होटेलको सुविधामा वृद्धि गर्नुका साथै काठमाडौंदेखि ठाकुरद्वारासम्म सुविधा सम्पन्न बस सेवा सञ्चालन हुनुले पनि पर्यटकको आगमन बढेको हो ।
निकुञ्जमा वन्यजन्तु अवलोकलनका लागि चैतदेखि जेठ मसान्त अत्यन्तै उपयुक्त मानिन्छ । बाघ, गैंडा हेर्न लालायित पर्यटक आजभोलि दिनभर जंगलमै बिताउँछन् । निकुञ्जको कर्णाली तटीय क्षेत्रमा तिनकुने, बाघ मचान र किंगफिसर क्षेत्र बाघ अवलोकनका लागि निकै प्रसिद्ध छ । बिहान, दिउँसो र साँझपख यस क्षेत्रमा बाघ पानी पिउन र अत्यधिक गर्मीका कारण आहाल बस्न आउने गर्छन् । यी क्षेत्रबाट करिब २ सय मिटर दूरीबाट बाघ, गैंडा देख्न पाइन्छ ।
‘आजभोलि निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढीले बाघ गैंडा हेरेरै फर्कने गरेका छन्,’ गाइड शाहीले भने । पछिल्लो समयमा निकुञ्जमा बाघ र गैंडाको संख्या बढेपछि यो सम्भव भएको हो ।
निकुञ्जमा गत वर्षको तुलनामा पर्यटकको संख्या बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा यस वर्ष हालसम्म स्वदेशी पर्यटक ३ हजार ७ सय ९६, सार्क मुलुकका २ सय २९ र सार्कबाहेका अन्य १ हजार ५ सय १० जना विदेशी पर्यटकहरूले अवलोकन भ्रमण गरेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए । यस अवधिमा साढे १ करोडभन्दा बढी राजस्वसमेत संकलन भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web