बाबुरामसँग ६८ दल, रुकुममा १३ वटा मात्रै दल दर्ता

बैशाख ४, २०७४ मा प्रकाशित | 680 views

रुकुम ।
चुनाव चिन्ह भनेकै पाउनुपर्ने भन्दै काठमाडौंमा नयाँ शक्ति पार्टिका प्रमुख बाबुराम भट्टराईले नामै नसुनिएका ६८ दल बटुलेर अनसन गरिरहँदा रुकुममा भने निर्वाचनको लागि १३ वटा मात्रै दल दर्ता भएका छन् ।

जिल्ला निर्बाचन कार्यालय रुकुममा १३ वटा राजनैतिक दल दर्ता भएका छन । बैशाख ३१ गते हुन गईरहेको स्थानीय तह निर्बाचनका लागि यसरी दलहरु दर्ता भएका हुन ।

केन्द्रमा १ सय ११ वटा राजनैतिक दलहरुले दल दर्ता गरेपनि जिल्लामा १३ वटा मात्र दलले दर्ता गरेको जिल्ला निर्बाचन कार्यालय रुकुमका जिल्ला निर्बाचन अधिकृत कमलमणी देवकोटाले जानकारी दिए ।

संबिधान सभा चुनाबमा रुकुममा १२ वटा राजनैतिक दलहरुले मात्र दल दर्ता गराएर निर्बाचन प्रकृयामा भाग लिएका थिए ।

केहि नयाँ केहि पुराना दल
जिल्ला निर्बाचन कार्यालय रुकुममा दर्ता भएका दलहरु केहि यसअघि संबिधानसभा निर्बाचनमा भाग लिएका मध्यका छन भन केहि नयाँ दलहरु पनि दर्ता भएका छन ।

जसमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघिय समाजबादी फोरम, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपाल रहेका छन ।

त्यस्तै नेपाल दलित पार्टी, नेकपा माक्र्सवादी लेनिनवादी, नेपाल पुर्ब राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल र नेकपा माले जनसमाजबादी रहेका छन ।

जसमा नयाँ शक्ति, दलित पार्टी र राट्रसेवक लोकतान्त्रिक पाटी लगायतका कहि नयाँ दल पनि जिल्लामा दर्ता भएका हुन । जिल्ला निर्बाचन कार्यालय अनुसार जिल्लामा कुन १ लाख,१ हजार ९ सय ३२ जना मतदाता रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web