संसदबाट संविधान संशोधन प्रस्ताव फिर्ता

चैत्र २९, २०७३ मा प्रकाशित | 574 views

काठमाडौं ।

सरकारले संविधानको नयाँ संशोधन विधेयक आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गरेको हो ।

आज दर्ता गरिएको विधेयकमा सीमाना फेरफेर गर्ने प्रस्ताव राखिएको छैन ।

विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो ।

आजको संसद् बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव फिर्ता लिदै देशको नयाँ निकासका लागि संशोधन प्रस्ताव फिर्ता लिएको बताउनु भयो ।

नयाँ संशोधन विधेयक सहमतिमा पारित हुन्छः प्रम

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनको वातावरण बनाउन प्रतिपक्षसँग पर्याप्त छलफल गरेर ल्याइएको संविधान संशोधन विधेयक सबैको सहमतिमा पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्, सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सिङ्गो राष्ट्रलाई निर्वाचनमा लैजान प्रतिपक्ष र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरेर तयार गरिएको विधेयकमा दलबीच सहमति र समझदारी हुने बताउनुभयो ।

अर्काे प्रसङ्गमा उहाँले कार्य मूल्याङ्कनलाई वैज्ञानिक, पारदर्शी र वस्तुवादी बनाई अदालतको आदेशलाई सम्मान गर्दै कार्यकारी अधिकारको समेत रक्षा गर्दै प्रहरी महानिरीक्षकको नियुक्ति गरिएकोले त्यो सुशासनको नमुनाको रुपमा रहने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक सहमतिका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्तिका लागि अन्तिम तयारी भइरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले पुँजीगत खर्च ८० प्रतिशत पु¥याउने गरी काम भइरहेको जानकारी पनि दिनुभयो ।

बैठकमा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको नियुक्तिमा भइरहेको ढिलाइ, काठमाडौँमा देखिएको धुवाँधुलोको समस्या तथा भ्रष्टाचार, अनियमितता, पुनःनिर्माणमा भइरहेको ढिलाइबारे प्रधानमन्त्रीसँग जिज्ञासा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web