१ बैशाख, पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखराको छिनेडाँडामा निर्माण हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्यको आज शिलान्यास गर्नुभयो ।
४ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २२ अर्ब रुपैयाँको लागतमा निर्माण गर्न लागिएको र विमानस्थलको निर्माणकार्य चीन सरकारको २५ प्रतिशत अनुदान र चीनकै एक्जीम बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको हो ।
विमानस्थल निर्माणकार्यको शिलान्यास पछि सम्बोधन गर्दै प्रधानमन्त्री के।पी। शर्मा ओलीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणले मुलुकको आर्थिक तथा पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
प्रधानमन्त्रीले भूकम्प पिडितलाई बर्षा अगावै उचित बसोबासको व्यवस्था मिलाइने पनि त्यस अवसरमा उल्लेख गर्नुभयो ।
विमानस्थलको सीलान्यास समारोहमा एकिकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस महामन्त्री शसांक कोइराला लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
16.12¡ÆC