प्रधानमन्त्री दाहाल कार्यकर्तालाइए चुनावको मुखमा करोडौं बजेट बाँड्दै

चैत्र ६, २०७३ मा प्रकाशित | 730 views

काठमाडौं ।
आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पमकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएको खबर आजको नागरिकमा छ ।

प्रधानमन्त्रीको ठाडो निर्देशनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्जानौँ खुदे्र तथा टुक्रे कार्यक्रम बनाएर चितवनमा ७२ करोड ७१ लाख रुपैयाँ थप बजेट पठाइएको हो ।

स्थानीय विकास मनत्रालयका एक अधिकारीका अनुसार यो रकममध्ये २६ करोड रुपैयाँ रकमान्तर गरेर थप बजेट नै उपलब्ध गराइएको छ । बाँकी सबै बजेट काम गरेपछि भुक्तानी दिने व्यवस्था अनुरुप पठाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web