सत्ता परिवर्तनको संघारमा चैत १० गते चीन जाँदै प्रधानमन्त्री दाहाल

फाल्गुन ३०, २०७३ मा प्रकाशित | 1021 views

काठमाडौं ।

आलोपालो सहमतीमा काँग्रेसलाई सत्ता सुम्पनुपर्ने माग भइरहेका बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको मिति तय गरेका छन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण चिन गरेका दाहाल यसपटक भने सत्ता बहिर्गमनको कुरा चल्न थालेपछि चीन भ्रमणमा जान तयार भएका छन् ।

प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।

प्रधानमन्त्री बनेपछि उनी दुईचोटि भारत गइसकेका छन् ।

नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएका हुन् ।

भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web