दर्शकले लुट फिल्मको टिकट पाएनन, देशभरका १०५ वटा थिएटरमा प्रदर्शन

फाल्गुन १३, २०७३ मा प्रकाशित | 3872 views

काठमाडौं ।
चलचित्र प्रदर्शनको एकदिन अघिनै मल्टिफ्लेक्स चलचित्रघरमा अग्रिम टिकट विक्रि सकिएको लुट २ चलचित्र आजबाट देशभरका १०५ चलचित्र घरहरुमा प्रदर्शन भएको छ ।

काठमाडौंमा २२ चलचित्र घरमा प्रदर्शन भएको चलचित्र लुट २ हेर्न आज हल पुगेका सयौं दर्शक टिकट नपाएपछि फर्कीएका थिए ।

उपत्यका बाहिरका घरहरुमा समेत आजको पहिलो सबै शो हाउसफुल भएको जानकारी पाएको समेत निर्माण पक्षले जानकारी दिएको छ ।

निश्चल बस्नेत निर्देशित चलचित्र लुट २ पहिलो चलचित्र प्रदर्शनको चार वर्ष पछि प्रदर्शनमा आएको हो ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, कर्मा शाक्य, ऋचा शर्मा, सिर्जना सुब्बा लगायतकारले अभिनय गरेका छन् ।  अघिल्लो चलचित्रबाटै निरन्तर रहेको कहानीलाई कथा, पटकथा र संवाद निर्देशक निश्चल बस्नेतले नै दिएका हुन् ।

जापानमा 'लुट २' को प्रदर्शन अघि नै 'टु' रेकर्ड

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web