<p>काठमाडौं,फागुन ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी भएका छन्। राजधानीको भृकटिमण्डपमा जारी महाधिवेशनमा आज भएको मतदानमा अध्यक्षले आफ्ना प्रतिद्वन्दी प्रदीप विक्रम राणालाई विशाल मतान्तरले पराजित गरेका हुन् । अध्यक्षका लागि ३ हजार १ सय ३६ जनाले मतदान गरेका थिए । जसमध्ये थापाले २ हजार ८ सय ४ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी प्रदीपविक्रम राणाले जम्मा २ सय ५१ मतमात्र प्राप्त गरेका छन् । <br></p><p>नेता प्रकाशचन्द्र लोहनीनिकट राणाले उम्मेदवारी दिएपछि थापालाई सर्वसम्मत अध्यक्ष बनाउने राप्रपाको प्रयास असफल भएको थियो। लोहनीले उम्मेदवारी घोषणा गरे पनि अन्तिम समयमा मैदान छाडेका थिए। ९८ सदस्यका लागि भने मंगलबार बिहानैदेखि निर्वाचन हुनेछ। <br></p>
27.12¡ÆC