फणिन्द्र नेपाल-

नेपालमा सन् १९५० देखि बस्दै अाएका अाप्रवासीलाई राज्यसत्ता सुम्पिने गरी नेपालको संविधान संशोधन हुनुपर्छ भन्ने माग लम्पसारवादीहरूले पूरा गर्न सक्ने सम्भावना अाजसम्म जीवितै छ ।

संविधानमा ती अाप्रवासीका मुद्दालाई संबोधन गरेरमात्र नेपालको लोकतन्त्र संस्थागत हुन्छ भने त्यस्तो लोकतन्त्र भारतले अाफैसँग राखेको राम्रो हो । शिवशंकर मुखर्जीले के बुझून् भने भारतीय स्वार्थ नेपालमा यसरी नै लाद्न खोज्ने हो भने दुई देशको सम्बन्ध नदीका दुई किनार झैँ मात्र बन्नेछ ।

अाफ्ना नागरिकका लागि नेपालमा भिडन्त गर्ने मुखर्जीहरूको चरित्रमा सुधार नअाउने हो भने ती भारतीय अाप्रवासीविरुद्ध अमेरिकी ट्रम्पकै शैली अपनाउन नेपालीहरू बाध्य हुनेछन् । के भारतमा नेपाली भाषीका धेरै पुराना र जायज माग र मुद्दालाई भारतीय संविधानले संबोधन गरेको छ ?

छिमेकीको घरमा अागो लाग्दा असल छिमेकीले पानी हाल्छ , पेट्रोल खन्याउँदैन । नेपालमा त अागो लगाउने पनि भारत, पेट्रोल खन्याउने पनि भारत । के हामी पानी र पेट्रोल खुट्याउन सक्तैनौँ ?

महन्थ ठाकुरजस्ता अाप्रवासीले तराईमा विभेद छ भन्दैमा सत्य पाखा लाग्छ ? तराईका अादिवासीको अाँसुमा पौडी खेलेर नपुगेर अब अाप्रवासी महन्थहरूले राष्ट्रपति ताक्ने ? भारतमा महन्थकी माई सोनियाँ गान्धीको हालत हेर्नू नि ।

ग्रेटर नेपालको संभावनाबाट इन्डिया त्रस्त

अाजको ` नागरिक ´ दैनिकमा ` नेपाल – भारत साझा अभिव्यक्ति ´ शीर्षकमा डा. रमेश ढुंगेलको लेख छापिएको छ । लेख मूलतः ग्रेटर नेपालको अवधारणा विरुद्ध केन्द्रित छ । उहाँ लेख्नुहुन्छ : " नेपालको तर्फबाट बेलाबेलामा निस्कने ` ग्रेटर नेपाल ´ को अवधारणा र मुद्दाले नेपाल – भारत सम्बन्धमा केही मात्रामा ` बार्गेनिङ ´ बुँदाको काम त गर्ला, तर यस्ता विवाद चर्काउने र असंभव लक्ष्य बोकेका अभियानले क्षेत्रीय साझा र विशाल सांस्कृतिक एकताको बाटोमा अप्ठेरा, शंका र अनावश्यक सतर्कताको नीति बढाएको देखिन्छ ।

यस सन्दर्भमा नेपालले इतिहासको ` ग्रेटर नेपाल ´ को र झन्डै ७/८ सय वर्ष अघिको खस साम्राज्यको अवस्थालाई पहिल्याएर पूर्व – पश्चिमतर्फका भूखण्ड दाबा गर्न दार्जिलिङ , सिक्किम र कुमाउगढवालतिर अाँखा लाउँदै रडाको मच्चाउने सोच अहिले यी दुवै देशका निम्ति प्रत्युत्पादक मात्र नभई घातक सिद्ध हुने निश्चित छ।"

मलाई अाश्चर्य लाग्छ, हङकङ र मकाउ चीनले फिर्ता लिएको, सैनिक कार्बाहीबाट भारतले गोवा हत्याएको, भारतले कसमीरमाथि अनधिकृत दाबीसमेत गरेर त्यहाँ नरसंहार मच्चाइरहेको, बेलायतले फोकल्यान्ड टापुमाथि नियन्त्रण कायम गरेको, चीन – जापान – दक्षिण कोरिया – फिलिपिन्स बिच टापुहरूमाथि स्वामित्वको विवाद चुलिएको, रूस – जापान टापु विवाद दोस्रो विश्व युद्धपछि अाजसंम कायमै रहेको, क्राइमियालाई रूसले अाफूमा मिलाएको देख्तादेख्तै ग्रेटर नेपालको भूभाग भारतले फिर्ता गर्नुपर्छ भन्ने मान्यतालाई मात्र किन गलत ठहर्याउन खोजिन्छ ?

परिस्थितिले जमिन गुमाएका अरु मुलुकले जमिन फिर्ता लिँदा त्यो सही हुने, त्यसै गरी नेपालले जमिन फिर्ता माग्नुपर्छ भन्ने मागचाहिँ गलत हुने ?यो कस्तो विवेकहीन कुरा हो !

खुसीको कुरा, डा. ढुंगेलको लेखमा ग्रेटर नेपालबारे भारतको सन्त्रास प्रकट भएको छ। लाग्छ, उसको मर्ममै प्रहार भएको छ।

साथीहरू, अाफ्नो विश्वास नडगमगाउनुहोस् , ग्रेटर नेपाल कायम हुने समय नजिकिँदै छ। ग्रेटर नेपालको विरोध गरेर नेपाल अामाको छातीमा लात्ती हान्नेहरूलाई बेलैमा चिन्नुहोस् र खबरदारी गर्नुहोस् ।

24.12¡ÆC