काठमाडौं ।
एकतापछि राप्रपाको अध्यक्ष कमल थापालाई बनाउने सहमती भएपनि केन्द्रिय नेतृत्वका सबै पदाधिकारी अध्यक्षले छान्ने प्रावधान राख्न खोजेपछि वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एकता महाधिवेशनपछि कमल थापा अध्यक्ष बनाउने सहमतीको भोलीपल्टै लोहनीले विज्ञप्ति जारी गर्दै नेतृत्वका लागि भएको सहमतिको औचित्य नभएको बताएका छन् । राप्रपा र राप्रपा नेपालबिच गत मंसिर ६ गते पार्टी एकता भएको थियो ।

पार्टीको विधानप्रति असन्तुष्टि जनाउँदै नेता लोहनीले नेतृत्वको लागि भएको सहमतिको औचित्य सकिएको बताए ।

बुधबार अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतीशम्सेर राणा र लोहनीबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो तर नेतृत्वमा सबै अध्यक्षले छान्ने बताएपछि निरंकुश नेतृत्वको बिरोध गर्दै यस्तो निर्णय गरेको लोहनीले बताएका छन् ।

पार्टीको चुनाव चिन्ह हलो नै हुनुपर्ने र आधा पदाधिकारीहरु निर्वाचन प्रक्रियबाट चुनिनेपर्ने मागको वेवास्ता गर्दै कमल थापाले अध्यक्षले छान्ने अडान राख्दै सबै शक्ति आफुमा राख्न खोजेपछि त्यसको बिरोध स्वरुपपनि आफुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको लोहनीको भनाइ छ । राप्रपाको नयाँ विधानमा सबै सदस्य मनोनीत हुने उल्लेख गरिएको छ ।

आफ्नो सहमतिबेगर कार्य सम्पादन समितिमा पेस भएको नयाँ विधानमा पार्टीको चुनाव चिन्ह र पदाधिकारी छनौट प्रक्रिया राखिएको भन्दै लोहनीले आपत्ति जनाएका छन् ।

24.12¡ÆC