यातायात कम्पनी खोल्ने तयारी

माघ २८, २०७३ मा प्रकाशित | 847 views

२८ माघ, काठमाडौ । काठमाडौँ उपत्यकासहित मुख्य सहरका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारी स्तरबाट यातायात कम्पनी खुल्ने भएको छ । १० करोड रुपैयाँ सञ्चालन खर्च हुने गरी कम्पनी स्थापनाको अन्तिम चरणमा पुगेको संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका पूर्वाधार विकास महाशाखा प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

देशका विभिन्न ठूला सहरमा यात्रुको सहजताका लागि सरकारले सय वटा ठूला बस सन्चालन गर्ने यस अघिको प्रतिबद्धता अनुसार सेवा दिन थालिएको हो । ४० देखि ५० वटा सिट भएको र बस अपांगमैत्री र वातावरणमैत्री हुने श्रेष्ठले बताउनुभयो ।

काठमाडाैं, धनगढी,  विराटनगर, नेपालगन्ज, पोखरा, बुटवल, जनकपुर, वीरगन्जलगायत सहरमा बस सञ्चालन गर्ने तयारी भइसकेको छ । यी सहरमा सरकारी बस चलाउने प्रक्रिया सुरु भएको र शुक्रबार प्रबन्ध पत्र तयार गरिने श्रेष्ठले बताउनुभयो । आउँदो आइतबार र सोमबार बस सञ्चालनका  लागि कम्पनी दर्ता गर्ने तयारी पनि भएको उहाँले बताउनुभयो ।

सरकारले तत्कालका लागि ५० वटा बस चलाउन अनुदान दिने सहमति गरेको छ । यस्तै बस चल्ने रुटको बारेमा पनि छलफल भइरहेको छ ।  काठमाडौं उपत्यकामा भने रत्नपार्कलाई केन्द्र विन्दु बनाएर चलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web