ठूलो ढुङ्गा सहितको पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, खुलाउने प्रयास रातीदेखि नै जारी

साउन १७, २०७९ 2022-08-02 मा प्रकाशित
Published at 2022-08-02

811 views

धादिङ । पृथ्वी राजमार्गको जोगिमारामा गएराती ठूलो ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ ।

सडकको माथीबाट आएको ठूलो ढुङ्गाले सडकको दुवै तर्फको आउजाउ प्रभावित बनाएको छ । सडक अबरुद्ध भएको जानकारी पाए लगत्तै सडक भिडिजन नुवाकोटबाट पहिरो पन्छाउनको लागी आवश्यक उपकरण र जनशक्ति परिचालन गरिसकेको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो ।

उहाँको अनुसार रातको समयमा माथीबाट ढुङ्गा खस्ने जोखिमले पहिरो पन्छाउन कठिनाई भएकाले अहिले बिहानको उज्यालो सुरु भएसगैँ हेभी उपकरणको प्रयोग गरेर पहिरो पन्छाउन सुरु भइसकेको छ ।

थप पहिरो र ढुङ्गा नखसेमा करीब एक घण्टा भित्र सडक सुचारु गर्नसक्ने लक्ष्य राखिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो । धादिङको पृथ्वी राजमार्गको मौवाखोलादेखि खत्रीखोलासम्म (धादिङमा पर्ने सडक) डिभिजन सडक नुवाकोटको कार्यक्षेत्र पर्दछ । उक्त सडकको स्तरउन्नती, मर्मतसम्भार तथा अबरोध हटाउनको लागी आवश्यक उपकरण र जनशक्तिलाई डिभिजन सडक नुवाकोटले ठाँउठाँउम परिचालन गरेकाले अघिल्ला वर्षाको समयमा भन्दा यो वर्षामा यातायात सञ्चालनमा सहज हुदै आएको छ ।

May be an image of nature and road

May be an image of 1 person and outdoors

May be an image of mountain

May be an image of 1 person, mountain and tree

May be an image of mountain, tree and road

May be an image of outdoors

May be an image of outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.