'टोन आम' अर्थात् केटाकेटीले राती चलाउन नमिल्ने मोबाइल

Posted on: July 27, 2017 | views: 590

टोकियो ।

जापानी मोबाइल फोन कम्पनीहरुले रातमा चलाउन नमिल्ने बनाउन मिल्ने मोबाइल फोनको निर्माण गरेका छन् ।


रातको समयमा मोबाइल फोनको अत्यधिक प्रयोग तथा दुरुपयोग बढेको अभिभावकहरुको समस्यालाई सम्वोधन गर्दै यस्तो फोनको निर्माण गरिएको बताइएको छ ।


आउँदो अगष्ट देखि दिउँसोमा मात्र चल्ने फोन निर्माण गरेको भन्दै “टोन आम” नाम गरेको मोबाइल अभिभावकहरुले रिमोट अथवा आफ्नो मोबाइलबाट लक गरेर चलाउन नमिल्ने बनाउन सक्नेछन् ।


दिनभर प्रयोग गर्न सकिने भएपनि रातमा आवश्यक नभएपनि मोबाइल फोन बालबालिकाहरुसँगै रहने हुँदा यसको दुरुपयोग बढी भएको गुनासो आएपछि १२ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई लक्षित गरेर यस्तो मोबाइल निर्माण गरिएको हो ।


राती १० बजे देखि विहानको ६ बजे सम्म स्वतह बन्द हुने मोबाइललाई बन्द र खुल्ने समय परिवारका सदस्यहरुले थपघट समेत गर्नसक्नेछन् ।


करिव ३५ हजार जापानी येन पर्ने यो मोबाइल फोन जापानी बालबालिकाहरुको लागि उनिहरुका अभिभावकहरुले आवश्यक ठानेकाले निर्माण गरिएको भन्दै कम्पनीले यसको माग र लोकप्रियता निर्माण अवधिमै भइसकेको बताएका छन् ।