टेलिकम र एनसेलको सवा १ करोड सिमकार्ड प्रयोग विहिन

Posted on: May 16, 2017 | views: 433

काठमाडौं ।


नेपाल टेलिकम र एनसेलका सवा एक करोड सिमकार्ड प्रयोगविहिन रहेको फेला परेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा राजु बास्कोटाले समाचार लेखेका छन्।

नेपाल दुर संचार प्राधिकरणले सार्वजनिक गरेको तथ्थांक अनुसार अहिले बजारमा ९८ प्रतिशत बजार हिस्सा रहेका यी दुई कम्पनीका मात्रै एक करोड २४ लाख सिमकार्ड प्रयोग विहिन अर्थात निष्कृय छ।

बजारमा वितरण भएका ३ करोड २४ लाख सिमकार्डमध्ये २ करोडमात्रै प्रयोगमा छन्।