डिभी चिट्टाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् परिणाम

Posted on: May 03, 2017 | views: 896

काठमाडौं,बैशाख २० – अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) २०१८ को नतिजा मंगलवार राती सार्वजनिक भएको छ ।  गत वर्ष भरिएको डीभीको नतिजा सार्वजनिक भएको हो ।  गत वर्षको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो । नतिजा https://www.dvlottery.state.gov/गएर हेर्न सकिन्छ ।

नतिजा हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर आवश्यकता पर्दछ ।  डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। 

नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८बजेदेखि बेलुका ८ बजेसम्म) सो केन्द्रमा फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। यस्तै अमेरिकामा रहनेहरूले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्नेछन्। निवेदकहरुले [email protected] मा ईमेल गरेर पनि जानकारी लिन सक्ने दूतावासले जनाएको छ।