अब टिचिगं अस्पतालमै मिर्गौला प्रत्यारोपण

Posted on: March 31, 2017 | views: 553
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब ९ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । अन्य विकसित देशमा समेत विरलै प्रयोग गरिने यस्तो खालको प्रत्यारोपण विधि अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा। दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका चिकित्सकको टोलीले सफल प्रत्यारोपण गरेको हो ।