इलाममा अब गर्भवतीको जाँच मोबाइलबाटै

Posted on: July 03, 2016 | views: 418

२० असार, इलाम ।
गर्भवतीले कुन कुन समयमा गर्भको परीक्षण गराउने, खोप लगाउने भन्ने लगायत सम्पूर्ण विषयमा अब इलाम जिल्लाका महिलाहरुले मोबाइलबाटै जानकारी पाउने भएका छन् ।

मोबाइलबाट जानकारी पाउने मात्र होइन गर्भ जाँच गर्ने समय र  सुत्केरी हुने मिति समेत मोबाइलबाटै थाहा पाइने भएको छ ।

जिल्लामा पहिलो पटक गर्भवतीका लागि घर घरमै मोबाइल सेवा पु¥याउने उद्देश्यले यहाँका २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय र करुणा फाउन्डेसनले  गाविसमा गर्भवतीका लागि सेवा सञ्चालन गरेको हो