जापानमा अर्डर अनुसारको सामान उडाएर घरैमा !

Posted on: May 02, 2016 | views: 648

२ बैशाख, टोकियो ।
यसअघि नै चिनमा उडाएरै घरघरमा अर्डर अनुसारको सामान पुर्याउने सेवा अर्थात् ड्रोन डेलिभरिको सेवा जापानमा पनि सुरुवात भएको छ ।

जापानको चिवामा ड्रोनबाट ‘होम डेलिभरी’ सुविधाको सफल परीक्षण गरिएको छ ।

सरकारी अनुमतिपछि जापान सरकारकै सहकार्यमा चिवामा निजी कम्पनीको पहलमा होम डेलिभरीको परीक्षण गरिएको हो ।

उक्त ड्रोनमा घरमा आवश्यक पर्ने सामाग्रीहरु राखिएको थियो ।

यसका लागि जापान सरकार, चिभा शहर, अनुसन्धान संस्था र निजी कम्पनीले लगानी गरेका छन् ।

पहिलो परिक्षण सफल भएको भन्दै थप परिक्षणहरु सफल भएमा सन् २०२० देखि जापानमा होम डेलिभरीको काम ड्रोनले गर्ने बताइएको छ ।
स्मरणीय छ जापानमा सन् २०२० मा ओलम्पिक र प्यारा ओलम्पिक खेल आयोजना गर्दैछ ।