७१ करोड इमेल आइडी ह्याक, तपाइँको इमेल सुरक्षित छ छैन ? यसरी थाहा पाउनुहोस्

Posted on: September 15, 2017 | views: 531

साइबर सुरक्षा विज्ञहरुको एक समूहले एउटा भयानक साइबर हमलाको खुलासा गरेको छ । उक्त समूहका अनुसार साइबर हमलाका कारण भएको डाटा लिकबाट ७० करोड भन्दा धेरै इमेल ठेगाना, पासवर्ड तथा फोन नम्बर एक गलत रुपमा कन्फिग्योरेसन गरिएको स्पाम बोटको सहायताले अनलाइनमा लिक गरिएको छ

पेरिसका शोधकर्ता बेनकोवले ७१ करोडभन्दा धेरै इमेल ठेगानावाला एक स्पाम देखे । उनले अनलाइनर नामधारी स्माप बोट देखे जसले इमेल प्राप्त गर्ने कम्प्युटरका बारेमा जानकारी एकत्रित गर्नका लागि स्पाम इमेलमा पिक्सेल आकारको तस्वीरको उपयोग गर्दछ । यसमार्फत भएको डाटा लिक निकै भयानक भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

एकैचोटी यतिधेरै डाटा लिक भएको घटना यो पहिलो भएको उनीहरुको भनाइ छ । पछिल्लोपटक साइबर हमलाको सिकारमा विश्वभरका हरेक उमेर समूहका इमेल प्रयोगकर्ता रहेका बताइएको छ ।