गुगलले गर्दा जापानमा ईन्टरनेट समस्या, गल्ति भएको भन्दै माफी माग्यो

Posted on: August 27, 2017 | views: 1014

टोकियो ।

इन्टरनेट सर्च ईन्जिन कम्पनी गुगलका कारण जापानमा इन्टरनेटमा अवरोध अएको छ ।

गुगलले जापानमा शनिबार व्यापक रुपमा भएको इन्टरनेट अवरोधको जिम्मेवारी लिंदै तत्काल माफी मागेको छ ।


विश्वको सबैभन्दा ठुलो सर्च इन्जिन गुगलले गलत नेटवर्क सेटिङको कारणले समस्या आएको र आठ मिनेटमा समस्या समाधान गरेको बताएको छ ।


तर गुगलले कस्तो समस्या आएको भन्ने बारे भने केही खुलाएको छैन ।

गुगलका कारण एनटीटी कम्युनिकेशन निगम र केडीडी निगमद्वारा प्रदान गरिएको इन्टरनेट सेवामा अवरोध आएको बताइएको छ ।