धमाधम एकाउन्ट बन्द गर्दै फेसबुक, यस्तो एकाउन्ट बन्द हुनेछ.....

Posted on: August 27, 2017 | views: 13323

एजेन्सी । तपाईले फेक फेसबुक आइडी बनाउनु भएको छ ? २ वा दुई भन्दा बढी आइडी खोल्नु भएको छ ? यदि त्यस्तो हो भने तपाईको आइडी छिट्टै बन्द हुनसक्छन् ।

फेसबुकले यस्ता फेक आइडीहरुलाई पहिचान गरेर छिटोभन्दा छिटो सस्पेन्स गर्ने, केही समयका लागी बन्द गर्ने,र आवश्यक भए बन्द समेत गर्ने जनाएको छ ।

फेसबुकको सुरक्षा हेर्ने अधिकारी एलेक्स तामोसले दैनिक १० लाख एकाउन्टहरु बन्द हुन सक्ने आँकलन गरेका छन् । एलेक्स तामोसले भनेका छन् काल्पनिक फेसबुक एकाउन्ट खोलेर धम्की दिने, अनावश्यक सामग्रीहरु पठाउने, किर्ते गर्ने र गालीगलौज गर्नेहरुको संख्या बढेकाले त्यस्ता एकाउन्टहरुलाई बन्द गर्नुको बिकल्प नरहेको बताए ।

जसका लागी फेसबुकले विश्वभर ४ हजार ५ सय कर्मचारी स्ट्याटस मार्फत् हुने धम्की, मानहानी जस्ता बिषयको निरिक्षण गर्ने गरी खटाएको छ ।