बुवाको मुख हेर्दे दिन तथा तीजमा नेपाल टेलिकमको सेवामा छुटैछुट

Posted on: August 20, 2017 | views: 12971

काठमाडौं ।

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन कुशे औशि तथा तीज पर्वको अवसरमा आफनो सेवामा विभिन्न प्रकारका छूट उपलब्ध गराउने भएको छ ।

छूट अन्तर्गत जीएसएम प्रिपेड र पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज उपलब्ध गराउने रहेका छन् युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने र यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।


त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।


 डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुने र ती प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ ।


यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिने र डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरेको नेपाल टेलिकमले जनाएको छ ।