अन्डरवेयर र मोजा चोर्ने विरालो पक्राउ

Posted on: April 30, 2016 | views: 593

एजेन्सी ।
न्यूजिल्याण्डमा पुरुषको अन्डरवेयर र मोजा चोरी गर्दै आएको एक विरालो पक्राउ परेको छ ।

रातको समयमा अरुले सुकाएका र बाहिर राखेका मोजा चोर्दै आएको यो ६ वर्षको विरालोको नाम ब्रिगिट भएको बताईएको छ ।

विरालोले २ महिनामा हेमिल्टन शहरमा ११ जोर अन्डरवेयर र ५० भन्दा बढी मोजा चोरेर जम्मा पारेको भेटिएको छ ।

विरालोको मालिक सारा नाथनले यो विरालोको आश्चर्यजनक व्यवहारबारे फेसबुकमा जानकारी दिएपछि बिरालोको चोरी काण्ड बाहिर आएको हो ।

उनका अनुसार सफा गर्ने क्रममा पुरानो अन्डरवेयर देखेपछि विरालोको हर्कतबारे जानकारी भएको थियो ।

उनले भनेकी छिन् ‘यो हाम्रो घरको कुनै सदस्यको होइन । र, एक दिन ब्रिगिटले एक मोजालाई बच्चा जस्तो मुखमा च्यापेर ल्याएको देखेँ ।’