अन्तिम स्वाससम्म पनि छोरालाई दुध खुवाउने आमा

Posted on: May 26, 2017 | views: 844

एजेन्सी ।

भनिन्छ आमाको मायाँ अपरम्पार छ । आमा भएर सन्तानलाई खुशी बाँड्नु आफुलाई त्याग गर्नु हो । सन्तानलाई यस्तै आफुलाई त्याग गरेर मायाँ बाँडेको एक हृदयबिदारक घटना सार्वजनिक भएको छ ।


समाचार अनुसार भारतको मध्यप्रदेश राज्यस्थित भोपालमा बुधबार बिहान स्थानीय रेल स्टेशन नजि महिला मृत भेटिइन । तर मनै रुवाउन दृश्य त्यहाँ देखियो उनको एक १७ महिने नाबालक छोरा मृतक महिलाको शवमा स्तनपान गरिरहेका थिए ।


स्थानीय समय अनुसार बिहान ६ बजे स्थानीयले महिलाको शवसँगै बालकलाई फेला पारेका थिए । टाउकोमा चोट लागेको अवस्थामा महिलाको शव भेटिएको थियो भने ती बालक दुध चुसिरहेको अवस्थामा भेटिएका थिए ।


कुनै रेलले ठक्कर दिएर रन्थनिदैं ती महिला गेटसम्म पुगेको र अन्तिम समयसम्म पनि आफ्नो छोरालाई दूध खुवाइरहेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी उनको हत्या भएको हुनसक्ने पनि अनुमान लगाइएको छ ।



मृत आमाको दूध चुसिरहेको बालकलाई उद्धारकर्मीहरुले बोक्नासाथ ती बालक आमाको शवतिर हेर्दै रोएको दृश्यले भारतीय सञ्चारमाध्यमहरुले प्रमुखताका साथ खवर छापेका छन् ।


महिला र बालकको सनाखत हुन सकेको छैन । महिलाका साथबाट केही नगद र गहनासमेत बरामद भएका कारण लुटपाटका उद्देश्यले उनको हत्या भएको हुननसक्ने प्रहरीले आशंका छ ।



बालक भने चोटमुक्त रहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।