लिखित परिक्षामा केटी पास र केटा फेल भएपछि बिहे रद्द

Posted on: May 05, 2017 | views: 1028

एजेन्सी ।

बिहे अघि केटा र केटीको मन्जुरी, उनिहरुबिच बिहेको स्विकृती अनि पारिवारीक सहमती देखे सुनेकै कुरा हो ।


तर बिहेकै लागि परीक्षा नै लिने अनि पास फेलकै आधारमा बिहे हुने नहुने टुंगो लाग्ने भन्ने कुरा नेपाली समुदायमा बिल्कुनै नौलो हो । यस्तै नौलो घटना भएको छ भारतमा । जहाँ लिखित परीक्षा नै लिएर बिहेको छिनो फानो गरिएको छ ।


भारतको उत्तर प्रदेशस्थित मैनपुरीमा बिहेका लागि लिखित परीक्षा भएको छ । बिहे हुनुअघि हुनेवाला बेहुलाले हुनेवाली बेहुलीको लिखित परीक्षा लिएका हुन् ।


बिहेको कुरा गर्नका लागि केटा तथा केटी पक्षबीच एक मेलाका बेला चौरमा भेट भएको थियो । कुराकानीमा बिहे गर्ने निधो गरियो । केटाले केटीलाई मन पराए । 


तर अचानक केटाचाहींले आफ्नो झोलाबाट एउटा डायरी तथा कलम निकाले र केटीको हातमा दिई केटीको परीक्षा लिन सुरु गरे ।


सुरुमा केटीलाई उनको नाम, ठेगाना तथा फोन नम्बर लेख्न भने । त्यसपछि परीक्षा लिन थाले । विभिन्न जटिल शव्दहरु लेख्न लगाए । केटाले गरेका सबै सवालहरुको जवाफ केटीले सफलतापूर्वक लेख्न सकिन् । लिखित परीक्षामा पास भएसँगै केटाचाहीं बिहेका गर्न पूर्णरुपमा राजी भए ।


तर कुरो त्यसपछि गडबड भयो जब युवतीले उस्तैगरि युवाको परिक्षा लिन सुरु गरिन् । युवतीलाई आफ्नो यस्तो परीक्षा लिने केटाको तरिका मन परेन । उनले उक्त डायरी र कलम केटालाई दिइन् अनि उसैगरी केटाको पनि परीक्षा लिइन् ।


केटालाई परिश्रम, दृष्टिकोण तथा साम्प्रदायिक जस्ता जटिल शव्दहरु लेख्न लगाइन् । तर यी जटिल शव्दहरु केटाले शुद्धसँग लेख्न सकेनन् । हुनेवाला लोग्ने लिखित परीक्षामा फेल भएपछि केटीले उक्त केटासँग बिहे गर्न अस्विकार गरिदिएको र बिवाह रोकिएको बताइएको छ ।