बाबुआमालाई आफ्नै छोराछोरीले मार्ने अनौठो चलन

Posted on: May 03, 2016 | views: 924

एजेन्सी । मनिसलाई जानाजान मार्ने अमानविय कार्य कानुनी रुपमा दण्डनीय भएपनि तमिलनाडुमा यो प्रथा अझै कायमै छ । संसारमा सबैभन्दा महत्वपूर्ण व्यक्तिको रुपमा लिईले आफ्नो जन्मदिने बाबुआमाको बुढाबुढी भएपछी आफ्नै छोराछोरीले माटो खुवाएर मार्ने अनौठो प्रचलन रहेको छ ।  यो प्रचलन हाम्रै छिमेकी देश भारतको तमिलनाडुको हो । त्यहाँ प्रचलित ठलाईकुठल अन्तर्गत बुढापाकालाई विभिन्न तरिका अपनाएर हत्या गरिन्छ ।
त्यहाँको समाजमा बुढापाकाको बिदाइ गर्ने सम्मानजनक तरिका मानिन्छ र बुढापाकाको स्याहार सुसारमा समय खर्च गरिँदैन । परिवारका सदस्यहरुले निको नहुने रोग लागेमा, गरिबीका कारण उपचार गर्न नसकेमा तथा बुढाबुढी परिवारको बोझ ठानेमा घरका सदस्यहरु मिलेर आफ्नै बुढा बाउआमाको हत्यामा सरिक हुन्छन् ।

त्यहाँको प्रचलन अनुसार बुढाबुढीलाई माटो घोलेको पानी पिलाएर, धेरै नरिवल पानी खुवाइदिएर, सहनै नसक्ने खालको चिसो पानीले नुहाइदिएर तथा नाक बन्द गरी दुध खुवाएर मृत्युको मुखमा पुर्याइन्छ ।